२७ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु

कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तरप्रदेश  मुख्यमन्त्री सम्मेलन सुरु भएको छ। संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलता समाधान गर्दै प्रदेशको अधिकार सुनिश्चित गर्न साझा धारणा बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

कोशी प्रदेश सरकारले आयोजना गरेको सम्मेलनमा  ६ वटा प्रदेशका मुख्यमन्त्री सहभागी भएका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सम्मेलनमा उपस्थित छैनन्। सुदूरपश्चिमबाट प्रदेशका प्रमुख सचिव सम्मेलनमा सहभागी भएका छन्।  

सम्मेलनमा मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री किरण थापामगर, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाही सहभागी छन्। सम्मेलनमा प्रदेशहरूबाट प्रमुख सचिव, प्रदेश योजना आयोगका उपाध्यक्ष र मुख्यन्यायाधिवक्तासहितको टोली सहभागी भएका छन्।

सम्मेलनबाट संघीय सरकारसँग प्रदेशको अधिकार र वित्तीय स्रोतको बाँडफाँटसम्बन्धी विषयमा सामूहिक आवाज उठाउन साझा एजेन्डा तय गर्ने तयारी छ। कानुन निर्माणमा एकरूपता कायम गर्ने र प्रदेशहरूबीच असल अभ्यासको आदानप्रदान गर्ने विषयमा समेत छलफल हुनेछ। दुई दिने सम्मेलनले विराटनगर घोषणापत्र जारी गर्ने जनाइएको छ।

प्रकाशित: २७ आश्विन २०८३ १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App