नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदको मतगणना आज पनि हुँदैछ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मुस्लिमतर्फका सहमहामन्त्री र केन्द्रीय सदस्य तथा कोशी प्रदेशका केन्द्रीय सदस्य पदको मतगणना बिहान ११ बजे सुरु हुनेछ।
त्यस्तै, श्रमिकतर्फका महिला र खुला, काठमाडौं उपत्यका खुला, प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्व प्रभावित परिवारतर्फका केन्द्रीय सदस्य पदको मतगणना दिउँसो १२ बजे सुरु हुनेछ।
मतगणना ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालय, बिपी स्मृति भवनमा हुनेछ।

प्रकाशित: २८ आश्विन २०८३ १०:३६ बुधबार



-600x400.jpg)

