२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लडेर घाइते भएकी महिलाको मृत्यु

बैतडीमा लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका–२ शर्मालीकी ३८ बर्षीया तोलादेवी महताको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

शुक्रबार घरबाट धनकोट भन्ने स्थानमा जाँदै गरेकी महता एक्कासि लडेर घाइते भएकी थिइन्। उनको टाउकोमा चोट लागेको थियो। स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल हुँदै निसर्ग अस्पताल धनगढी पुर्‍याइएको थियो।

महताको शनिबार राति १२ बजेतिर उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित: २१ माघ २०८० १५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App