सुरुमै राहत कोष
सुर्खेतको भेरीगंगा नगरपालिका कर्णालीको मुख्य प्रवेशद्वार हो। यसै कारण नगरपालिका कोरोनाको उच्च जोखिममा पनि छ।
सुर्खेतको भेरीगंगा नगरपालिका कर्णालीको मुख्य प्रवेशद्वार हो। यसै कारण नगरपालिका कोरोनाको उच्च जोखिममा पनि छ।
जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावललाई स्थानीय तहको निर्वाचनमा ‘पर्यटक उम्मेदवार’को आरोप खुबै लाग्यो। ‘उनले जिते पनि गाउँ बस्ने होइनन्’ भन्दै उनका विरोधीले मतदाता भड्काउन खोजे।
प्रदेश सरकारले कर्णालीमा ‘मेडिकल मार्च’ अभियान सञ्चालन गर्दै छ। यसको उद्देश्य कोरोना भाइरस रोकथामका लागि जनचेतना फैलाउनु, -यापिड टेस्ट गर्नु मात्रै होइन, अन्य स्वास्थ्य सेवा पनि जनताका घरदैलोसम्म पु-याउनु पनि हो।
कर्णालीको दुर्गम रुकुम पश्चिमको आठबिसकोटमा १० दिनमा कोरोना अस्पताल निर्माण गरिएको छ।
कर्णालीले हिजो केन्द्र (काठमाडौं सिंहदरबार)बाट जे–जस्ता सेवा–सुविधा पाउँदै आएको थियो, त्यो अपर्याप्त थियो। आज पनि काठमाडौंदेखि कर्णाली धेरै टाढा छ।
प्रदेशमा सरकारी अस्पतालको संरचना अपग्रेट गर्नुपर्ने, आइसियू, भेन्टिलेटर, ल्याब, प्याथोलोजी, रेडियोलोजी लगायत सेवाको विस्तार अत्यन्तै जरुरी देखिएको र अबको योजनामा त्यसलाई समावेश गर्ने सामाजिक विकासमन्त्री सुदर्शन बरालको भनाइ रहेको छ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नागरिकलाई जोगाउन स्थानीय तहबाट विभिन्न रणनीति बनाएर कार्यान्वयन गरिएको छ।
विराटनगरमा मात्रै करिब अढाई सय आइसियु र डेढ सय भेन्टिलेटरसहितका अस्पताल छन्। तर, विपत्मा कोशी अस्पतालबाट काम चलाउनुपर्ने बाध्यता सरकारलाई आयो। निजी लगानीमा खुलेका र नाफामूलक उद्देश्य राखेका कारण सर्वसाधारणका लागि ती सबै सहज पहुँचका छैनन्।
श्रमविज्ञ डा. केशव बस्याल भन्छन्, ‘यतिखेर रेमिट्यान्सको अर्को कुनै विकल्प देखिँदैन । विदेशबाट फर्केका युवाको व्यवस्थापन गर्ने संरचना पनि हामीसँग छैन । युवाहरू फर्कंदा हुने क्षतिलाई कम गर्न सरकार गम्भीर हुन जरुरी छ ।’
सरकारले कृषिमा निजी क्षेत्रलाई समेत आकर्षित गरी यान्त्रिकीकरण, आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्छ । कृषिमा आकर्षित गर्न किसानलाई अनुदान, कृषिबिमा, सुलभ ऋण, ब्याजदरमा अनुदान, किसान कल्याणका योजना, किसान पेन्सनका कार्यक्रम ल्याइनुपर्छ ।
हाम्रो कुल गार्हस्थ उत्पादन (जिडिपी) को २५ प्रतिशत हाराहारी रेमिट्यान्सले ओगटेको छ । कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका युवा फर्कनुपरे उनीहरूलाई कृषि क्षेत्रमा संलग्न गराउने कार्यक्रम ल्याउन सकिन्छ ।
मुलुक र जनताका लागि चाहिने अत्यावश्यक आयोजनाबाहेक अन्य आयोजना केही वर्षका लागि स्थगन पनि गर्न सकिन्छ । अब कम प्राथमिकतामा भएका आयोजनामा लगानी नगर्ने र ठोस आयोजनामा मात्रै लगानी गरेर अघि बढाउने नीति तथा कार्यक्रम जरुरी छ ।
विश्वका शक्तिशाली राष्ट्र र सरकार प्रमुख कोरोना भाइरसबाट नागरिकलाई जोगाउन सक्रिय रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने राजनीतिक दाउपेचमा लागेका छन् ।
विपत् वा संकट जहिले पनि आकस्मिक हुन्छ । बलियो पूर्वतयारी, प्रभावकारी प्रतिकार्य योजना, तयार अवस्थामा स्रोत–साधन भए नै विपत् वा संकटको सामना गर्न सहज हुन्छ । तर, भर्खरै सुरु गरेका स्थानीय, प्रदेश सरकारसँग पर्याप्त स्रोत–साधन, नागरिकको तथ्यांक र विपतसँग लड्ने अनुभव छैन ।
विभिन्न संघसंस्था र व्यक्तिले मुलुकभित्रै स्वास्थ्य सामग्री उत्पादन गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि योगदान गरेका छन् ।
केन्द्रदेखि गाउँसम्म आठ सय बढी समिति छन् । ती समितिले विभिन्न विपद्मा संकलन गरेको करोडौं रुपैयाँ प्रयोगमा आउन सकेको छैन ।
कोरोना कहरले मिडियामा आधारित शिक्षालाई सशक्त वैकल्पिक विद्यालय, कलेज र विश्वविद्यालय बनाएको छ ।
संसदीय समितिको बैठक प्रभावकारी बन्न नसक्दा पनि सरकारको स्वेच्छाचारी प्रवृत्ति विकास भएको पाइन्छ । संसदीय समितिमा सरकारका कमजोर पक्षलाई लिएर छलफल नहुने र सरकारले गरेको बेथितिबारे समितिले निर्देशन जारी गर्ने काम नहुँदा भ्रष्टाचार निवारण हुन सकेको छैन ।
यस्तो बेलामा बाहिर ननिस्कनु नै ठूलो उपचार हो । तोकिएको समयसम्म घरभित्रै बसियो भने कोरोना फैलिँदैन र यसले क्षति पनि गर्दैन ।
कोरोना भाइरसको महामारी र निजी क्षेत्रले नागरिकप्रति गरेको व्यवहार तथा असहयोगले सरकारी स्वास्थ्य सेवाको पूर्वाधारमा राज्यले लगानी गर्नुपर्ने देखिएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा दर्जनभन्दा बढी ठूला अस्पताल छन्। साना क्लिनिक र स्वास्थ्य संस्था पनि च्याउझैं छन्। तर पनि जटिल अवस्थाका बिरामी उपचारका लागि पुर्वाधार अपुग छन्। यहाँका अस्पतालमा सुविधा र प्रविधिको अभाव मात्र होइन, विशेषज्ञ चिकित्सक पनि छैनन्।
आफ्नो घर कैलाली जानका लागि परिना चौधरीका दम्पती डेढ वर्षे छोरो बोकेर बुटवलदेखि हिँडे। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले लक–डाउन गरेपछि उनीहरूलाई बस्न–खान समस्या भयो।
वि.सं.२०७२ को महाभूकम्पका बेला निर्वाचित जनप्रतिनिधि भएका भए पीडामा मलम लगाउन घरआँगनमै आइपुग्थे भनेर धेरैले सोचेका थिए। त्यतिखेरको सोच अहिले यथार्थमा परिणत भएको छ अर्थात् घरदैलोमै स्थानीय सरकार छ।
यथार्थमा रोग नियन्त्रण र सम्भावित महामारीबाट जोगिन यस्ता उपायले काम पनि गरिरहेका छन्, तर यसबापत मानवले अन्य मूल्य चुकाउनुपर्ने निश्चित छ ।