३० आश्विन २०८१ बुधबार
image/svg+xml
मधुसुधन गुरागाईं


मधुसुधन गुरागाईंका लेखहरु :

गाईभैंसीमा नयाँ रोग

नेपालमै पहिलोपटक गाईभैंसीमा नयाँ भाइरसजन्य रोग देखापरेको छ। भेटेरिनरी इपिडेमियोलोजिस्टले यो रोगलाई ‘लम्पी स्किन डिजिज (एलएसडी) भनी प्रमाणित गरेका छन्।

सडक निर्माण अनुगमनमा कृषि विज्ञ

साविकका कृषि विकास कार्यालय खारेज भई कृषि ज्ञान केन्द्रमा रुपान्तरण हुने क्रममा दिइएका १७ वटा कार्यविवरण (टम्र्स अफ रेफरेन्स) मा भौतिक पूर्वाधार निर्माणको अनुगमन कार्य केन्द्रको कार्यक्षेत्रमा पर्दैन।

दूधको गुणस्तर सुधार्न कृषक पाठशाला

काभ्रेपलाञ्चोक जिल्लामै पहिलो पटक दूधको स्वच्छता र गुणस्तर कायम गराउने उद्देश्यले कृषक पाठशाला (डेरी) सुरु भएको छ। पनौती नगरपालिकाको पशुपक्षी शाखाको अगुवाइमा यस्तो पाठशाला सुरु भएको हो।

किस्ता तिर्न नसकिने भयो: यातायात व्यवसायी

सरकारले बस चलाऊ भनेको खण्डमा भोलिदेखि नै चलाई हाल्न सक्ने अवस्था पनि छैन। सबै बसका टायर मक्किन थालेका छन्। ब्याट्री डाउन भएका छन्। दैनिक नगुडेपछि बसका पार्टपूर्जामा खिया लाग्न थालेका छन्। प्रतिबस कम्तीमा एकदेखि दुई लाख रुपैयाँ नभई व्यवसायी र स्वरोजगार मजदूरले सडकमा बस निकाल्न सक्ने अवस्था छैन

फाँटभरी तरकारी छ तर मूल्य छैन

काठमाडौं उपत्यकालाई हरियो तरकारीको भरथेग गर्ने पाँचखाल उपत्यकाका फाँटहरुमा यतिखेर किसानहरु देखिँदैनन्। सिजनभरि मेहनत गरी फलाएको कृषि उपजले भाउ र बजार दुबै नपाएपछि किसानले खेतमा टेक्नै छाडेका हुन्।

कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु

धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइएकी एक सुत्केरीको नोबल कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। अस्पतालको प्रयोगशालामा गरिएको आरडिटी र पिसिआर दुबै परीक्षणबाट संक्रमणको पुष्टि भएपछि थप पुष्ट्याइँका लागि केन्द्रीय स्वास्थ्य प्रयोगशालामा मृतकको स्वाब पठाइएको छ।

कोरोना महामारीमा स्थानीय सरकारको साथ

वि.सं.२०७२ को महाभूकम्पका बेला निर्वाचित जनप्रतिनिधि भएका भए पीडामा मलम लगाउन घरआँगनमै आइपुग्थे भनेर धेरैले सोचेका थिए। त्यतिखेरको सोच अहिले यथार्थमा परिणत भएको छ अर्थात् घरदैलोमै स्थानीय सरकार छ।

दूधमा अनुदान निरन्तर

दूध उत्पादन र बजारीकरण गर्ने सहकारी संस्थामा आवद्ध कृषकलाई बागमती प्रदेश सरकारले दूध उत्पादनमा आधारित प्रोत्साहन अनुदान (मिल्क आउटपुट बेस्ड सब्सिडी) रकमवापत ६ करोड ७४ लाख ७३ हजार रुपैयाँ वितरण गर्ने भएको छ।

कोरोना त्रास, साहित्यिक गतिविधि ठप्प

जनमत वाङ्मय प्रतिष्ठानले वार्षिक रूपमा आयोजना गदै आएको साहित्यिक कार्यक्रम यसपटक हुन सकेन्। संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेसँगै जनमत वाङ्मय प्रतिष्ठानको साहित्यिक कार्यक्रम स्थगित भएको छ।

काभ्रेमा रासायनिक विषादीको खपत घट्यो

कुनै समय थियो, काभ्रे जिल्ला अझ पाँचखालको भन्नेबित्तिकै बढी रासायनिक विषादी प्रयोग भएको तरकारी भन्दै उपभोग गर्नेहरु डराउने अवस्था थियो। तर, यतिखेर पाँचखाल उपत्यकालगायत समग्र जिल्लामै रासायनिक विषादीको खपत घटेको सरकारी तथ्यांकले समेत प्रमाणित गरेको छ।

पहिला नाक खुम्च्याउँथे, अहिले हुरुक्कै

२०७२ सालमा काभ्रे जिल्लामै फरक खालको उद्योग सञ्चालन गर्ने घर सल्लाहबाट बनेपा–१३, साँगाका शुकदेव जोशीले वातावरणमैत्री र दैनिकजसो खपत हुने मेडिकल मास्क, डिस्पोजेबल क्याप र सपिङ ब्याग उत्पादन गर्ने योजना बनाए। त्यही वर्षको अन्त्यमा चीनबाट मेसिनरी सामग्री झिकाएर क्लिन सिटी प्रालिका ‘सिसिपिएल’ ब्रान्डमा विभिन्न उत्पादनहरू निकाल्न पनि थाले।

पशु चिकित्सक लाइसेन्समा अधिकतर अनुत्तीर्ण

नेपाल पशु चिकित्सा परिषद्को नाम दर्ता प्रमाणपत्र परीक्षा दोस्रो चौमासिकमा पनि विदेशमा पढेका पढेका अधिकांश विद्यार्थी अनुत्तीर्ण भएका छन्।

बिपी राजमार्गमा पहिलोपटक पशु क्वारेन्टाइनको कारवाही

बिपी राजमार्ग हुँदै काठमाडौं उपत्यका र बनेपामा जिउँदो ब्रोइलर कुखुरा सप्लाई गर्दै आएका सप्लायर्सलाई पशु क्वारेन्टाइन कार्यालय, काठमाडौंले क्वारेन्टाइन जाँचको प्रक्रिया पालना नगरेको भन्दै कारवाही गरेको छ।

पनौतीलाई भैंसीको स्रोत केन्द्र बनाइँदै

पनौती नगरपालिकाले बहु–उपयोगी भैंसीको आनुवांशिक संरक्षण अभियान थालेको दुई वर्ष पुगेको छ।

बनेपाका होटल रेस्टुराँलाई लोगो र स्टिकर

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले बनेपाका १४ वटा होटल, रेस्टुराँ तथा बेंकेटहरुलाई खाद्य स्वच्छताका आधारमा पहिलोपटक स्वच्छता स्तरीकरण लोगो र स्टिकर प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्