१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
पूर्वेली ब्युरो


पूर्वेली ब्युरोका लेखहरु :

काँकरभिट्टा–इनरुवा रेलमार्ग: जग्गा मुआब्जाको विरोधमा स्थानीयबासी

रेलकै कारण उठिबास लाग्ने अवस्था आएको भनेर धेरै ठाउँमा आन्दोलन समिति बनेका छन् । झापा र मोरङका रेल मार्गले छुने स्थानीय तहमा संघर्ष समिति गठन भएका छन् ।

अधिकतर क्वारेन्टिन अस्तव्यस्त

क्वारेन्टिन छ भन्ने देखाउनका लागि बेन्च जोडेर त्यसमाथि फम ओछ्याएर बनाइएका शड्ढयामा सुत्न र बस्न निकै असहज हुने गरेको छ।

सीमापारि हजारौं अलपत्र, आठ सयमात्रै ल्याउने तयारी

लकडाउनका कारण सीमापारि भारतीय भूमिमा रोकिएका नेपालीलाई स्वदेश भिœयाउने तयारी चलिरहँदा प्रदेश १ मा प्रदेश र स्थानीय सरकारबीच समन्वय अभाव देखिएको छ ।

सबै पीडित समेट्न आफ्नै मापदण्ड

गत चैत १९ गते संघीय सरकारले असंगठित क्षेत्रमा कार्यरत श्रमिक र असहायलाई राहत वितरण गर्ने मापदण्ड स्थानीय तहलाई पठाएको थियो। तर त्यसले अहिले राहत आवश्यक भइरहेका सबै परिवार समेट्न नसकेपछि सूर्याेदय नगरपालिकाले अझ खुकुलो मापदण्ड बनाएको छ।

प्रदेश १ मा स्वास्थ्य सेवा: पूर्वाधार पर्याप्त,सेवा कम

विराटनगरमा मात्रै करिब अढाई सय आइसियु र डेढ सय भेन्टिलेटरसहितका अस्पताल छन्। तर, विपत्मा कोशी अस्पतालबाट काम चलाउनुपर्ने बाध्यता सरकारलाई आयो। निजी लगानीमा खुलेका र नाफामूलक उद्देश्य राखेका कारण सर्वसाधारणका लागि ती सबै सहज पहुँचका छैनन्।

कोरोना कोषः विपदमा भरथेगको माध्यम

कोरोना संकटका बेला प्रदेश र स्थानीय सरकारले स्थापना गरेका कोरोना कोषले स्थानीय व्यवस्थापन खर्च धान्न राम्रो भरथेग गरेको छ। यद्यपि यी खर्चको पारदर्शिता र औचित्यपूर्ण परिचालनमा भने प्रश्न निरन्तर उठिरहेको छ।

परीक्षण नगरी भित्रिनेबाट त्रास

भारतबाट स्वास्थ्य परीक्षणबिना नेपाल प्रवेश गर्नेहरूका कारण सीमावर्ती गाउँहरूमा त्रास बढेको छ। मोरङ, झापा, इलाम, सुनसरीजस्ता सीमावर्ती जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका युवा यतिबेला धमाधम घर फर्किरहेका छन्।

चिकित्सक समायोजन, बेहाल स्वास्थ्य संस्था

खटाएको ठाउँमा नजाने चिकित्सकका अघि नियमनकारी निकायहरू लाचार बन्दा प्रदेश १ का विभिन्न स्वास्थ्य संस्थाको बेहाल भएको छ। चिकित्सकहरूको लापरबाहीलाई संघ, प्रदेश र स्थानीय सरकारसहितका निकायहरूले बेवास्ता गर्दाको मूल्य सर्वसाधारण बिरामीले सास्ती खेपेर चुकाउनुपरिरहेको छ। आफ्नै घरगाउँका स्वास्थ्य–संस्थामा उपचार सेवा नपाएपछि बिरामी महँगो मूल्य तिरेर निजी अस्पताल धाउन बाध्य छन्।

प्रदेश १ मा २१ काे मृत्यु

अविरल वर्षापछिको पहिरो, डुबान र बाढीमा परेर १ नम्बर प्रदेशमा शुक्रबारदेखि आइतबारसम्ममा २१ जनाको मृत्यु भएको छ भने आठजना बेपत्ता र नौजना घाइते भएका छन्। प्रदेश १ सरकारका प्रवक्ता हिक्मत कार्कीले भने प्रदेशमा १८ को मृत्यु भएको जानकारी दिएका छन्। स्थानीय प्रशासनहरुको तथ्यांकले मृतक संख्या २१ देखाएको छ।

बाढीपहिराेले प्रदेश १ मा १६ काे ज्यान

लगातारको वर्षाका कारण आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। शुक्रबार र शनिबार दुई दिनमा प्रदेश १ मा मात्र कम्तीमा १५ जनाको मृत्यु भइसकेको छ भने १० जना बेपत्ता छन्। शनिबार रातिसम्म सप्तरी, धनुषा, सिरहा र महोत्तरीमा भने कुनै मानवीय क्षति भएको छैन। तर खोलानदीको बहाव बढ्दै जाँदा जोखिम भने निकै बढेको छ।

जनअपेक्षा एकातिर, सरकारको ध्यान भ्युटावरतिर

प्रधानमन्त्री केपी शर्मा ओली स्वयं भ्युटावरका लागि वर्षौंदेखि मरिमेटेर लागिपरेका छन्। उनको गृहनगर दमकमा बनाउने भनिएको बहुचर्चित भ्युटावरलाई उनले आफ्नो सफलताका रूपमा अथ्र्याउने गरेको उनका पटकपटकका भाषणबाट बुझ्न सकिन्छ।

पूर्वमा अनियन्त्रित डेंगु

सुनसरीको धरानबाट सुरू भएको डेंगुको संक्रमण पूर्वी तराईका तीन जिल्लामा फैलिएको छ। डेंगु संक्रमण हुनथालेको एक महिना भइसके पनि अझैसम्म नियन्त्रणमा आउन सकेको छैन।

फोहोर व्यवस्थापनमा बेथिति

प्रदेश १ का अधिकांश ठूला सहरमा सार्वजनिक स्थलमै फोहोर फ्याँकिने गरिएको छ। मानव स्वास्थ्यको ख्यालै नगरी जथाभावी फोहोर फ्याँक्ने गैरजिम्मेवारीपूर्ण कार्यका कारण त्यहाँका सर्वसाधारण आजित बनेका छन्। समुदायको जीवनसँग प्रत्यक्ष जोडिएका खोलानाला, जंगल, बाटोघाटोजस्ता सार्वजनिक स्थल फोहोरले भरिएपछि त्यसबाट हुने हानिप्रति स्थानीय सरकारले पनि आँखा चिम्लिएको पाइन्छ।

चाडपर्वको मुखमा महँगीको मार

चाडपर्वको मुखमा खाद्य सामग्रीमा आफूखुसी मूल्य बढाउने प्रवृत्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च अकासिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्