दोलखाको ११ किलो सुन प्रकरण : काठमाडौँबाट थप तीन जना पक्राउ
दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
दोलखाको बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट थप ३ केजी सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले भदौ ६ गते राष्ट्रिय मान्यता प्राप्त ७ दलबीच भएको सुन तस्करी प्रकरणको थप छानबिनका उच्चस्तरीय समिति बनाउने सहमति कार्यान्वयन गर्न माग गरेको छ।
दोलखाको सिंगटीबाट प्रहरीले ४ किलो तस्करीको सुन सहित ३ जनालाई पक्राउ गरेको छ।
आईतवार सिंहदरबारस्थित गृह मन्त्रालयमा सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि जाँचबुझ आयोग गठन गर्न सो आयोगको कार्यादेशको सम्बन्धमा प्रमुख तीन राजनीतिक दलका नेताहरुबीच छलफल भएको हो।
सुन तस्करी सम्बन्धमा छानबिनका लागि सरकारले तयार पारेको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेश मस्यौदामा एमालेले भने असहमति जनाएको छ।
बर्तौलाले नागरिक न्यूजसंग भने, 'गृहमन्त्रीले बैठक बोलाउनु भएको हो। म गृह मन्त्रलायमा छु। अब एकैछिनमा बैठक सुरु हुन्छ।'
प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताएका छन्।
तर जब प्रतिवेदन तयार गरियो त्यसमा सुरुमा भनिए जस्तो कुनै ठुलो तस्करको नाम आएन। माओवादीका नेता र कार्यकर्ताको नाम पनि कतै देखिएन।
पटकपटक गरी ब्रेक सुमा ३६० किलो ७७८ ग्राम तस्करीको सुन राखेर ल्याइएको निष्कर्ष निकालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा राजनीतिक दलका नेतालाई भने ‘सुनपानी’ छर्केको छ।
सुन तस्करीको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको छ।
सुन तस्करहरूले हङकङबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्राएको सुन काठमाडौँका दुई स्थानमा गोप्य रूपमा गाल्दै आएको खुलेको छ। यसका लागि १० थान सुन पगाल्ने मेसिन प्रयोग भएको थियो।
प्रतिवेदनमा भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकिकृत कसूर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ अनुसारको कसूरमा कारबाही गर्न राय दिइएको छ।
सिआबीईले ७ वटा कम्पनी सुन तस्करीका लागि खडा गरिएको जनाएको छ। ती कम्पनीमा लेखनाथ कार्की डोली सञ्चालक रहेको चुङगक इलेक्ट्रिक सप्लायर्स काठमाडौँ, रामकुमार भुजेल सञ्चालक रहेको भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि, कुमारबहादुर भुजेल सञ्चालक रहेको हवडा इलेक्ट्रिक सप्लायर्स प्रालि छन्।
हङकङबाट तस्करी गरी ल्याइएको झण्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ।