७ वैशाख २०८१ शुक्रबार

भूकम्प प्रभावित क्षेत्रका १ लाख ४० हजारले लगाए दादुरा/रुवेलाविरुद्धको खोप

यही पुस ४ देखि १४ सम्म सञ्चालन गरिएको खोप अभियानअन्तर्गत छ महिनादेखि १५ वर्षसम्मका ६८ हजार तीन सय ४४ बालबालिकाले दादुरा–रुवेला खोप लगाएका छन्।

जाजरकोट भूकम्पले पशुपक्षी तर्फ १० करोड क्षति

प्रवक्ता कठायतले प्रस्तुत गरेको तथ्याङ्कअनुसार भूकम्पबाट सबैभन्दा ठूलो क्षति पशु गोठमा पुगेको छ।

जाजरकोट भूकम्प: आठबिसकोटका चार हजारलाई पहिलो किस्ता

भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका चार हजार दुई सय ८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन्।

भूकम्प पीडितलाई चिसोबाट बचाउन आयोगको निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले भूकम्प पीडितहरूलाई चिसोबाट जोगाउन आवश्यक रहेको भन्दै त्यसतर्फ आवश्यक कदम चाल्न कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ।

जाजरकोट भूकम्पः नौ करोडभन्दा बढीको खाद्यान्न नष्ट

गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट नौ हजार सात सय ९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।

भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माण गर्दै सांसद आचार्यको टोली

नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य तथा नेताहरुलाई जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा गई पीडितहरूका लागि आवास निर्माण गर्न दिएको निर्देशनअनुसार कांग्रेस नेताहरु जाजरकोटमा खटिएका छन्।

जाजरकोट भूकम्पको एक महिना: मैले जे देखेँ

सुर्खेतबाट हिँड्दा मनमनै जाजरकोट र भूकम्प पीडितहरूको अवस्था कस्तो होला? के गरेर रात बिताउनु भएको होला? यस्तो विकराल समस्यालाई कसरी सहज बनाउने होला? लगायतका जिज्ञासाहरू मनमनै खेलिरहेका थिए।

जाजरकोट भूकम्पः चिसोबाट सुत्केरीको मृत्यु

भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ।

विद्यालय खुले आएनन् विद्यार्थी

जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाकी रिमा रानाले दसैं–तिहार बिदापछि सोमबार विद्यालयमा पाइला टेकिन्। बिदा हुनुअघिको जस्तो थिएन विद्यालय। भवन भत्किएका थिए। आफू अध्ययन गर्दै आएको विद्यालय भत्किएको भन्दा पनि उनलाई आफ्ना सहपाठीहरूको मृत्युको खबरले पीडा दिइरहेको थियो। ‘भत्किएको विद्यालय त केही वर्षमा बन्ला, सँगै पढेका साथीहरू भूकम्पमा परेर बितेको खबरले सधैं दुःखी बनाउनेछ,’ उनले भनिन्।

यसरी पाउँछन् भूकम्पपीडितले अस्थायी आवासबापतको रकम

सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ।

जाजरकोट भूकम्पमा विज्ञको प्रतिवेदन :‘दुई पालिका नै स्थानान्तरण गर्नुपर्ने’

सरकारद्वारा खटाइएको इन्जिनियरको टोलीले जाजरकोट र रुकुम पश्चिमका दुई पालिका जोखिमपूर्ण रहेको भन्दै त्यस क्षेत्रको बस्ती अन्य सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सुझाव दिएको छ।

जाजरकोट र पश्चिम रुकुमका घर जोखिमपूर्ण

सरकारले खटाएको इन्जिनियरहरूको टोलीले जाजरकोट र पश्चिम रुकुमका दुई पालिका जोखिमपूर्ण रहेको भन्दै त्यस क्षेत्रको बस्ती अन्य सुरक्षित ठाउँमा हस्तान्तरण गर्न सुझाव दिएको छ।

सरकारले भूकम्प पीडितलाई १ अर्ब ४१ करोड पठायो

भूकम्प पीडितलाई अस्थायी आवास बनाउनका लागि रकम नपठाएको भनेर आलोचना भइरहेका बेला सरकारले भूकम्प पीडितलाई १ अर्ब ४१ करोड रुपैयाँ पठाएको छ।

जाजरकोट भूकम्पः ४५ स्वास्थ्य संस्था, दुई सय आठ विद्यालयमा क्षति

जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति भएको छ।

भूकम्प पीडितलाई इयूको अट्ठाइस करोड असी लाख

युरोपेली सङ्घ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ रु २८ करोड ८० लाख प्रदान गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्