१५ वैशाख २०८१ शनिबार
image/svg+xml

ललिता निवास प्रकरण: मन्त्रीलाई सफाइ, कर्मचारी र विचौलियालाई कैद

सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने चर्चित ललिता निवासमा सम्बन्धी मुद्दामा पूर्व मन्त्रीहरुले सफाई पाएका छन्।

अख्तियारका पूर्वप्रमुख बस्न्यातलाई २ वर्ष कैद, पूर्वसचिव र कर्मचारी भ्रष्टाचारी ठहर

सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने चर्चित ललिता निवास सम्बन्धी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दीप बस्न्यातसहित, पूर्वसचिव, कर्मचारी, बिचौलिया भ्रष्टाचारी ठहर भएका छन्।

सर्वोच्चद्वारा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण माग

सर्वोच्च अदालतले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउन निर्णायक भूमिका निर्वाह गरेका मुख्य व्यक्तिमाथि मुद्दा नचलाउनुको कारण मागेको छ। सर्वोच्चले सो प्रकरणमा पिरामिड शैलीमा माथिल्लो तहसम्म अनुसन्धान गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै रिट निवेदन दर्ता भएको थियो।

सरकारले नै तुहायो ‘संगठित अपराध’

संगठित अपराधको प्रशस्त प्रमाण देखिएको ललिता निवास प्रकरण अनुसन्धानमा किर्तेमा मुद्दा दायर गरिएपछि आइतबार अदालतले हिरासतमा रहेका अभियुक्तहरुलाई धरौटी र सामान्य तारेखमा छाड्न आदेश दिएको छ।

ललिता निवास प्रकरणमा कोसँग कति धरौटी माग ? (सूचीसहित)

पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसित दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरिएको छ।

भाटभटेनीका सञ्चालक मीनबहादुरलाई २ करोड ४६ लाख धरौटीमा छाड्न आदेश

आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलाशले गुरूङलाई २ करोड ४६ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १८ जनामध्ये १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

ललिता निवास प्रकरण: हात्ती आयो, हात्ती आयो फुस्सा!

संगठित अपराधसम्बन्धी कानुन नै नभएको समयमा भएको घटनामा पश्चदर्शी कानुन लगाउन नमिल्ने आशय देखाएर सरकारी वकिल कार्यालयले संगठित अपराधमा मुद्दा नचलाउने निर्णय गरेर काठमाडौं जिल्ला अदालतमा किर्ते मुद्दा दायर गरेको हो।

ललिता निवास जग्गा प्रकरणः २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता

बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्‍याएको भन्दै चार पूर्व मन्त्रीसहित २९० जनाविरूद्ध अदालतमा मुद्दा दायर भएको छ।

ललिता निवासमा प्रकरणः सरकारी कीर्तेमा मात्र मुद्दा चलाउने

ललिता निवासमा प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कीर्तेमा मात्र मुद्दा चलाउने भएको छ। सरकारी वकिल कार्यलयले ललिता निवास प्रकरणमा संगठित अपराधमा अभियोगमा भने मुद्धा नचलाउने भएको छ।

मन्त्रीपरिषदको निर्णय सरकारी जग्गा व्यक्ति विशेषलाई दिने भन्ने होइनः पूर्वप्रधानमन्त्री भट्टराई

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ललिता निवास प्रकरणबारे सिआइबीलाई दिएको बयानमा आफ्नो कार्यकालमा मन्त्रीपरिषदले सरकारी जग्गा व्यक्ति विशेषलाई दिने निर्णय नगरेको बताएका छन्।

यस्तो छ पूर्व प्रधानमन्त्री नेपालले ललिता निवास प्रकरणबारे सिआइबीलाई दिएको ‘बयान’

‘म नेपालको प्रधानमन्त्री पदमा बहाल हुनुभन्दा अघि नै प्रधानमन्त्री निवास परिसर विस्तार गुरुयोजना तयार भइसकेको रहेछ।

ललिता निवास प्रकरणः आक्रामक सुरुवात, रक्षात्मक अन्त्य

‘उहाँहरू राजी भएपछि मात्र आइतबार राति घरमै गएर सोधपुछको काम भएको हो,’ स्रोतले भन्यो। सिआइबीले नेपाल र भट्टराईसँग बयान नभई ‘जानकारी’ लिने मात्रै काम भएको भनेको छ।

२३८ जनालाई मुद्दा चलाउन सिआइबीको सिफारिस

बालुवाटारस्थित ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले करिब १८ अर्ब रूपैयाँ नोक्सानी ठहर गर्दै किर्ते तथा संगठित अपराध अनुसन्धान प्रतिवेदन मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्