२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अख्तियारका पूर्वप्रमुख बस्न्यातलाई २ वर्ष कैद, पूर्वसचिव र कर्मचारी भ्रष्टाचारी ठहर

ललिता निवास प्रकरण :

सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने चर्चित ललिता निवास सम्बन्धी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दीप बस्न्यातसहित, पूर्वसचिव, कर्मचारी र बिचौलिया भ्रष्टाचारी ठहर भएका छन्।

विशेष अदालत काठमाडौंले तत्कालीन मालपोत कार्यालय लगायतका कर्मचारी र बिचौलियालाई दोषी ठहर गर्दै जग्गा जफत गर्ने ठहर गरेको हो।

विशेषका न्यायाधीशहरू खुसीप्रसाद थारु, रामबहादुर थापा, रितेन्द्र थापाको इजलासले बिहीबार फैसला सुनाएको हो। अदालतले ६५ जनाको जग्गा जफत गर्ने ठहर गरेकाे छ।

मुद्दामा मुछिएका पूर्वसचिव सहित मालपोत कार्यालयमा कार्यरत तत्कालीन कर्मचारी, बिचौलियालाई दोषी ठहर गरेको हो।

मुद्दामा पूर्व सचिव छविलाल पन्तसहित दीप बस्न्यात, हरिकृष्ण तिमिल्सिना, पर्शुराम पोखरेल, कृष्णप्रसाद पौडेल, प्रकाश पौडेल लगायत १९ रोपनी जग्गा हिनामिना गरेकोले दामासाहीले ८० लाख रुपैयाँ जरिवानासहित दुई वर्ष कैदसहित जग्गा जफत हुने ठहर गरेको हो।

त्यसैगरी मिनबहादुर गुरुङ, शोभाकान्त ढकालसहितलाई दुई वर्ष कैद ८० लाख जरिवाना ठहराएको छ।

विशेष अदालतले कल्पना तुलाधरसहित ललिता निवासको जग्गा आफ्नो नाममा बनाएका ६५ जनाको जग्गा जफत हुने फैसला सुनाएको हो।

प्रकाशित: ३ फाल्गुन २०८० १९:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App