२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

भन्सार छलेर ल्याइएको काजु/ज्वानो बोकेको ट्रक नियन्त्रणमा

वीरगन्जबाट प्रहरीले भन्सार छली गरेर ल्याइएको झण्डै दुई करोड रुपैयाँ बराबरको सामान सहित दुई ट्रकलाई नियन्त्रणमा लिएको छ।

भारतबाट राजश्व छलेर ल्याइएको ती सामान तस्करीको आशंकामा प्रहरीले दुवै ट्रक वीरगन्ज महानगरपालिका वडा नम्बर-२५ ड्राइपोर्ट चोकबाट नियन्त्रणमा लिएको हो।

ना ५ ख २९१२ र ना ३ ख ७७२७ नम्बरको ट्रकबाट करिब १ करोड ८२ लाख ६ हजार ४३८ रुपैयाँ मूल्यको काजु, ज्वानो र इलेकट्रोनिक्स सामान बरामद गरिएको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

उक्त सामानसहित दुवै ट्रकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको डिएसपी भारतीले जनाए।

प्रकाशित: १० श्रावण २०८१ १४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App