३१ भाद्र २०८१ सोमबार
image/svg+xml
खेल

रोनाल्डोले कीर्तिमानी ९ सय गोल पूरा गरे

फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले माथिल्लो स्तरमा ९ सय गोल पूरा गरेर कीर्तिमान राखेका छन् ।

पोर्चुगलका राष्ट्रिय फुटबल टोलीका कप्तान  रोनाल्डोले नेसन्स लिगमा बिहीवार क्रोएसियालाई २-१ ले हराउँदा रोनाल्डोले दोस्रो गोल  गरेपछि ९ सय गोल पूरा गर्दै कीर्तिमान राखेका हुन ।

पोर्चुगलका लागि खेल्न थालेको २० वर्षपछि रोनाल्डोले  राष्ट्रिय टोलीका लागि भने १ सय ३१ औं गोल पूरा गरेका छन् ।

रोनाल्डोले ९ सय गोलको कीर्तिमानका लागि स्पोर्टिङ लिस्बनबाट ५, म्यानचेस्टर युनाइटेडबाट १ सय ४५, रियल म्याड्रिडबाट ४ सय ५० , युभेन्टसबाट १ सय १ र अहिले साउदी अरबको अल नासरबाट ६८ गोल गरेका छन ।

प्रकाशित: २१ भाद्र २०८१ ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App