३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पहिलोपटक सर्वसाधारणले गरे अन्तरिक्षमा यात्रा

मानव इतिहासमा पहिलोपटक सर्वसाधारण नागरिकले अन्तरिक्षमा यात्रा गरेको छ।

स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोमिटर माथिको उचाइँमा अन्तरिक्षमा सर्वसाधारण नागरिकले स्पेसवाक गरेका हुन्।

स्पेस एक्सले आफ्नो सामाजिक सञ्जाल एक्समा सोबारे जानकारी दिँदै अपोलो मिसन पूरा भएको ५० वर्षपछि यस्तो कुनै सर्वसाधारणले स्पेसवाक गरेका हुन्। स्पेस एक्सले सोबारेको एक भिडियो पनि साझा गरेको छ।

व्यवसायी कमान्डर आइस्याकम्यान, अमेरिकी वायुसेनाका पूर्व लेफ्टिनेन्ट पाइलट स्कट किड घोटीट र दुईजना स्पेस इन्जिनियर साराह गिलिस र अन्ना मानेन नामक व्यक्तिहरूले स्पेसवाकमा भाग लिएको पनि बताइएको छ।

अन्तरिक्षमा पर्यटनको सम्भावनाका लागि यसलाई राम्रो सुरुआतको रुपमा लिइएको छ।

प्रकाशित: ३१ भाद्र २०८१ ११:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App