२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी, विपिनलाई समर्थन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदको उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।

महामन्त्रीमा विपिन आचार्यलाई समर्थन जनाउँदै उनले उम्मेदवारी फिर्ता लिएकी हुन्।

यसअघि महामन्त्रीका चार  उम्मेदवारहरु गणेश पराजुली, प्रमोद न्यौपाने, कविन्द्र बुर्लाकोटी र जगदिश खरेलले एकसाथ विपिनलाई समर्थन गर्ने घोषणा गरेका थिए।

यस्तै, उम्मेदवार राजु पाण्डेले पनि उम्मेदवार फिर्ता लिएका छन्।

अब महामन्त्रीमा विपिन आचार्यसँगै मनिष झा, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रकाशित: १२ असार २०८३ १३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App