५ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

राजनीतिका लागि परिपक्व हुनुपर्छ : प्रवक्ता झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदका उम्मेदवार विपिन आचार्यलाई समर्थन गर्नु नेतृत्व क्षमताप्रतिको विश्वासको रहेको बताएका छन्।  

चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विपिन आचार्यलाई देश र पार्टीलाई नेतृत्व गर्न सक्ने सक्षम व्यक्तिका रूपमा धेरैले हेरेको बताए। झाले महाधिवेशनका क्रममा उम्मेदवारी दर्ता गरेर केही समयमै फिर्ता लिने प्रवृत्तिले परिपक्व राजनीतिक संस्कृतिको प्रतिनिधित्व नगर्ने बताए। 

त्यसैगरी परराष्ट्रमन्त्री शिशिर खनालले महामन्त्री पदबाट उम्मेदवारी फिर्ता लिएको विषयमा झाले खनालको निर्णयलाई परिपक्व राजनीतिक निर्णयका रूपमा हेरिनुपर्ने  बताए। 

प्रकाशित: १२ असार २०८३ १२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App