२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालेले ०८४ मा बहुमत ल्याउँछ, माओवादी राष्ट्रिय पार्टीसम्म बन्ला: ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेसँग मिसन–२०८४ एकल बहुमत ल्याउने बलियो आधार रहेको दाबी गरेका छन्।

शनिबार एमालेले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

"अहिले हाम्रो अगाडि मिसन–२०८४ लाई सफल पार्ने, मिसन २०८४ मा एकल बहुमत मज्जाले ल्याउन सक्ने आधारहरू छन्। म त्यो आधारहरूको अहिले धेरै व्याख्या गर्न चाहन्न। आधारहरू छन् हामीसँग। बलिया आधारहरू छन्। यतिबेलै हामीले आफ्नो सारा सामर्थ्य लगाउनु पर्दछ। र, मिसन २०८४ लाई सफल पार्नु पर्दछ। मिसन २०८४ सफल भएन भने पनि ५ वर्षमा अर्को आउँछ भन्दा ५ वर्ष भित्र के के हुन्छ ? के परिवर्तन हुन्छ, को को कहाँ के हुन्छ, कसो हुन्छ ? त्यो बेग्लै कुरा हो।" उनले भने।

मिसन २०८४ लाई सफल पार्नका लागि सम्पूर्ण शक्ति परिचालन गर्न पनि नेता कार्यकर्तालाई उनले  निर्देशन दिए।

उनले माओवादी केन्द्रको भने आगामी निर्वाचनमा राष्ट्रिय पार्टी मुस्किलले बन्ने दाबी गरे। "माओवादीको १९ लाख भोट भोट कहाँ गयो ? गम्भीर प्रश्न, विश्लेषण थियो। मैले हिजो एउटा पत्रिकामा हेरेको थिए। एउटा चुनावमा ३१ लाख भोट आउँछ। अर्को चुनावमा पुग्दाखेरी १८ लाख जति आउँछ। अर्को चुनावमा पुग्दाखेरी १३ लाख आउँछ। अर्को चुनावमा पुग्दाखेरी ११ लाख आउँछ। अब अर्को चुनावमा पुग्दाखेरी ४/५ लाख आउँला कि। राष्ट्रिय पार्टीसम्ममा अडिएला कि। अवस्था त्यो छ।" उनले भने।

साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई खन्चुवा पार्टीको रुपमा चित्रण समेत गरे।

"नभएका पार्टी जन्मिए। भाडाका भात छैन खै ? भन्दा ती जन्मेका खन्चुवाहरुले खाए होलान् नि। खानै जन्मिएकाहरु छन्। अनि तिनका मुखमा चाहिँ कसरी गाँस पस्यो त। त्यस्तै उस्तै त होला नि।’ उनले भने।

प्रधानमन्त्री ओलीले जनताको हितमा काम गर्ने पार्टीहरुलाई मात्रै नेपाली जनताले विश्वास गर्ने उल्लेख गरे।

प्रकाशित: २९ भाद्र २०८१ १५:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App