वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले निर्वाचनमा मतदाता शिक्षाको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहने बताएका छन्। नागरिकले आयोजना गरेको ‘म नागरिक, म बनाउँछु नेपाल’ कार्यक्रममा बोल्दै उनले मत हाल्नु मात्रै पर्याप्त नभई कस्तो प्रतिनिधि छान्ने भन्ने चेतना नागरिकमा हुनुपर्नेमा जोड दिए।
उनले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै नागरिक सचेत नभएसम्म प्रतिनिधिमूलक व्यवस्था प्रभावकारी हुन नसक्ने बताए।
वरिष्ठ अधिवक्ता ज्ञवालीले प्रतिनिधिलाई आफ्नो अधिकार प्रत्यायोजन गर्दा त्यसको प्रभाव देशको शासन प्रणालीमा प्रत्यक्ष रूपमा पर्ने भएकाले मतदाता शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे। उनले योग्य र सक्षम उम्मेदवारको छनोटले मात्रै सुशासन, विकास र लोकतन्त्रलाई मजबुत बनाउने बताए।
प्रकाशित: २५ माघ २०८२ १८:४९ आइतबार


-600x400.jpg)


