कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१ बाराकुन्डाका ४० वर्षीय राम लुहार र ४२ वर्षीय दानसिँह धामी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
‘मृतकका आफन्तबाट पहिचान खुलेको छ।’ प्रहरी निरीक्षक वीरेन्द्र थापाले भने ‘घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ।’
पूर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बिहीबार दिउँसो जीप र मोटरसाइकल दुर्घटना भएको थियो। महेन्द्रनगरबाट अत्तरीयातर्फ गइरहेको से १ ज १४०५ बलेरो जीप र दैजीबाट महेन्द्रनगरतर्फ आइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।
प्रहरीले जीप र चालक नियन्त्रणमा लिएको जनाएको छ। रासस
प्रकाशित: २८ फाल्गुन २०८२ १७:०४ बिहीबार





