१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सांसदको स्वकीय हटाइएकोमा कांग्रेस आक्रोशित

संघीय सरकारले प्रदेशसभा सदस्यको स्वकीय सचिव हटाएकोमा नेपाली कांग्रेस आक्रोशित भएको छ। आइतबारको कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेशसभा बैठकमा आक्रोश पोखेका हुन्।  

थापाले संघीय सरकारले प्रदेशलाई जहिलै पनि छाँयामा पारेको गुनासो गरे। उनले संघीय सरकारको एक जना कर्मचारीले पठाएको चिठीका आधारमा कोशी प्रदेशका सांसदहरूको स्वकीय सचिव हटाइएको बताए।

प्रदेश सरकारको कानुनले गरेको व्यवस्था अनुसार नियुक्त भएका सांसदका स्वकीयहरू हटाएर संघ सरकारका कर्मचारीले प्रदेशमाथि हैकम जमाएको थापाको गुनासो छ।

प्रकाशित: २५ माघ २०८२ १८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App