१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

२० गते रातिदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक सवारीसाधन चलाउन रोक

हवाई यात्राको लागि टिकट देखाउनु पर्ने

निर्वाचन आयोगले २० गते रातिदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक सवारीसाधन चलाउन रोक लगाएको छ।  

आयोगले नियमित पत्रकार सम्मेलनमा आउँदो २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि २० गते रातिदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक सवारीसाधन चलाउन रोक लगाउने निर्णय भएको जानकारी गराएको छ। 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले त्यो अवधिमा अत्यावश्यक सवारीसाधन, पास लिएका र कुटनीतिक नियोगका सवारीसाधनलाई भने चल्न दिने व्यवस्था गरिएको बताए। 

उनका अनुसार यो समयमा हवाइ यात्रा गर्न लागेका नागरिकले भने आफ्नो हवाइ टिकट देखाएर यात्रा गर्न सक्नेछन्। टिकट भएका यात्रुको लागि विमानस्थलबाट गन्तव्यसम्म पुर्याउन वायुसेवा कम्पनीको भूमिका रहने पनि भट्टराईले स्पष्ट पारे।

यस्तै मतदानको ७२ घण्टाअघिदेखि सबै सीमा नाका बन्द हुने उनले जानकारी दिए। निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन यस्तो निर्णय गरिएको उनको भनाइ छ। 

प्रकाशित: १५ फाल्गुन २०८२ १६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App