४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

रास्वपालाई धक्का : निर्वाचनको मुखैमा १४ नेताले एकसाथ छाडे पार्टी (पत्रसहित)

बेथिति सुधारको साटो उल्टो अनियमितता बढ्दै गएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं ५ का संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्।

उनीहरूले राजीनामा पत्रमा प्रतिनिधि सभा उम्मेदवार छनोटका आवरणमा आर्थिक अनियमितता समेत भएको आरोप नेतृत्वमाथि लगाएका छन्। यसैगरी, लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने चाहनामा पार्टीले आघात पुर्‍याएको भन्दै राजीनामा पत्रमा पार्टीका स्थानीय गतिविधिबाट आघात भएकाले आजैबाट राजीनामा दिइएको उल्लेख छ।

राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा ३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा ३ की जया श्रेष्ठ, बुनपा ४ का सदस्यहरू समिप घले र कवि थापा मगर छन्।

यसैगरी, वडा पदाधिकारीहरू बुनपा ७ की प्रतिभा सेढाईं, बुनपा ७ का सदस्य किरण थापा, टोखा रास्वपा सदस्य चिरञ्जिवी अधिकारी, लेखा सदस्य सृजना बस्नेत र शोभा सुवेदी, सदस्यहरू बुनपा ४ का प्रभात महर्जन, राजेश थापा र अञ्जना बोगटी छन्।

यसअघि प्रतिनिधि सभा सदस्य उम्मेदवार रहिसकेका प्रणय राणाले राजीनामा दिएका थिए। उनी नेपाली कांग्रेसमा फर्किएका थिए। १४ जना पनि राणा निकट मानिन्छन्। राणा हालै मात्र कांग्रेस प्रवेश गरेका थिए। यसले निर्वाचनको नजिकैमा रास्वपालाई धक्का लाग्ने देखिएको छ।

पत्र हेर्नुस्

प्रकाशित: १५ फाल्गुन २०८२ २०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App