मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा भएको छ।
निर्माण कम्पनीले उक्त खण्ड सोमबार सरकारलाई हस्तान्तरण गरेको छ। यो सडक बजार क्षेत्रमा छ र ग्रामीण भेगमा चार ‘लेन’ मा विस्तार भएको छ।
आउँदाे पाँच वर्षसम्म सडकको मर्मत सम्भार निर्मातामा कम्पनीले गर्ने सडक विस्तार आयोजनाका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले बताए। एसियाली विकास बैंकबाट छ अर्ब ३१ करोड रुपैयाँ ऋण लिएर यो सडक विस्तार गरिएको हो।
प्रकाशित: ३ चैत्र २०८२ १२:१० मंगलबार





