२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तान र अफगानिस्तानबिच द्वन्द्व जारी: दुई सय जना मारिएको दाबी

पाकिस्तान र अफगानिस्तानबिच युद्ध जारी रहेको छ। शुक्रबार पाकिस्तानी वायुसेनाले फेरि एक पटक अफगानिस्तानका धेरै प्रान्तहरूमा हवाई आक्रमण गरेको छ। यसैबिच, तालिबानले इस्लामाबादको फैजाबाद सैन्य अड्डा सहित धेरै प्रमुख सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ।

जारी द्वन्द्व बिहीबार राति पाकिस्तानमा अफगानिस्तानको आक्रमणबाट सुरु भएको हो। तालिबान सरकारले त्यो आक्रमण फेब्रुअरी २२ मा अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमणको जवाफमा गरेको थियो।

टोलो न्यूजका अनुसार तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले यस आक्रमणमा ५५ पाकिस्तानी सैनिक मारिएको दाबी गरेका छन्। यस आक्रमणको जवाफमा, पाकिस्तानी सरकारले ‘अपरेशन गजब लिल हक’ अन्तर्गत काबुल, नान्गारहार, पक्तिका, पक्तिया, लगमान र खोस्ट प्रान्तहरू सहित धेरै शहरहरूमा हवाई आक्रमण गरेको छ।

पाकिस्तानी सञ्चारमाध्यम जियो न्यूजका अनुसार यस हवाई आक्रमणमा १३३ अफगान लडाकुहरू मारिएका छन्। यसरी द्वन्द्वमा दुवैतिर लगभग २०० जना मारिएको दाबा गरिएको छ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सीमामा लडाइँ जारी रहेको बताउँदै अब पाकिस्तान र अफगानिस्तानको तालिबान सरकारबिच ‘खुला युद्ध’ भएको बताएका छन्।

केही घण्टा अघि, तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भनेका थिए कि अफगानिस्तानले दुई देशलाई छुट्याउने ‘ड्युरन्ड रेखामा’ पाकिस्तानी सेना विरुद्ध ‘ठूलो मात्रामा आक्रामक कारबाही’ गरिरहेको छ।

विश्वले युद्धरत पक्षहरूलाई संयमता देखाएर शान्तिपूर्ण तरिकाले समाधान खोज्न अनुरोध गरिरहेको छ। 

प्रकाशित: १५ फाल्गुन २०८२ १६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App