२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

चितवनमा योद्धा गाडिले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

नारायणगढ-मुग्लिन सडकखण्डमा शनिबार दिउँसो भएको दुर्घटनामा एक साइकल यात्रीको ज्यान गएको छ।

दिउँसो ४:२० बजे पानी ट्याङ्की ओरालोमा मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा.प.०१-०२६ च ५५१९ नम्बरको योद्धा गाडी र ग २ ख ८५५ नम्बरको बस ठोक्किएर अनियन्त्रित भएपछि गाडीले विपरीत दिशाबाट आइरहेका साइकल यात्रीलाई ठक्कर दिएको हो।

दुर्घटनामा भरतपुर-१ रामनगर निवासी ६४ वर्षीय राम थापाको मृत्यु भएको छ। गम्भीर घाइते भएका थापालाई उपचारका लागि भरतपुर अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले ४:५५ बजे मृत घोषित गरेको चितवन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए।

हाल साइकलसहित दुवै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २९ भाद्र २०८१ १८:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App