३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

हलिउडका नायक लियोनार्डोले रोपेको ‘राजवृक्ष’ बेसाहारा !

लियोनार्डो लगाएको बिरुवाको बारेमा थाहा पाएपछि तस्बिर कैद गर्दे विद्यालयका छात्रा

हलिउडका नायक बाघ प्रेमी लियोनार्डो डिक्यापिओले रोपेको राजवृक्षलाई बुढौलिले छोप्दा साहारा विहीन बन्दै गएको छ।

ठाकुरबाबा नगरपालिका स्थित जगदम्बा माबिमा परिसरमा १४ वर्ष अघि लियोनार्डोले रोपेको बिरुवालाई बुढौलिले छोप्दा बेसाहारा बन्दै गएको हो।

सन २०१० मा पश्चिम नेपालको पर्यटकीय गन्तव्य ठाकुरद्वारामा तीन दिनको बसाईका क्रममा उनले मढेलाको विद्यालयमा राजवृक्ष रोपेका थिए।

जगदम्बा माबिमा रोपिएको उक्त बिरुवा लक्का जवानीमा पर्यटकको आकर्षक केन्द्रका रुपमा देखिए पनि बिस्तारै बेसाहारा बन्दै गएको छ। लियोनार्दोले विद्यालय परिसरमा रोपेको बिरुवा विद्यालय देश विदेशमा चिनिए पनि वर्तमान अवस्थामा विद्यालयको व्यवस्थापनको बेवास्ताले राजवृक्ष अवस्था कमजोर बन्दै गएको छ।

उक्त विद्यालयमा उच्च माबिका छात्र र छात्रा अध्ययनरत छन्। तर, हलिउडका स्टार लियोनार्दोले रोपेको बिरुवामा बारेमा अध्ययनरत विद्यालयका विद्यार्थी अनभिज्ञ छन्।

विद्यालय परिसरमा रहेको उच्च शिक्षा अध्ययनरत अधिकांश छात्र र छात्रालाई विद्यालयमा लियोनार्डोले रोपेको बिरुवा जानकार नहुनु दुःखद विषय भएको संरक्षणकर्मी टिप्पणी गर्छन्।

‘विद्यालयमा नव प्रबेशी विद्यार्थीलाई इतिहासको बारेमा जानकारी नगराउनु लापरबाही हो’ संरक्षणकर्मी भन्छन्, ‘विश्वको महानायकले रोपेको बिरुवा जानकारी विद्यार्थीलाई नदिनुले शिक्षकले अतिरिक्त के जानकारी दिइरहेका छन् भन्ने प्रश्न चिन्ह खडा हुन्छ।’

विश्वमै चर्चित लियोनर्डोले रोपेको बिरुवाको बारेमा आफूहरू अनभिज्ञ रहेकोमा छात्रा राजकुमारी थारुले आश्चर्य प्रकट गरिन। ‘रुख त बुढो भइसकेको रहेछ’ उनले भनिन्, ‘यस्तो महत्त्वपूर्ण विषयमा शिक्षकले समेत हामीलाई जानकारी नदिनु दुःखद कुरा हो।’

विद्यालय परिसरमा हुर्किसकेको बिरुवामा विद्यालयले स्याहारसुसार ध्यान नदिएको जस्तै देखिन्छ। बढौली बिरुवाको वरिपरि झार गोडमेल नगर्दा लियोनार्दोले रोपेको राजवृक्षलाई अवहेलना गरेको जस्तै देखिएको छ।

विश्वमा चर्चित नायक लियोनार्दो रोपेको बिरुवाको दीर्घकालीन संरक्षणको अवधारणा अनुरूप  विद्यालयले व्यवस्थापन लाग्न पर्ने वन तथा वातावरण पत्रकार पिताम्बर सिग्देलले औँल्याए।

‘लियोनार्डोले रोपेको विद्यालयलाई टुर प्याकेजमा राख्न सकिन्छ’ उनले भने, ‘राजवृक्षलाई दिगो संरक्षण गरेर संरक्षणको चेतना जगाउन सके भविष्यमा ठूलो उपलब्धि हात पर्छ।’

विद्यार्थीलाई दिगो संरक्षण अवधारणा दिमागमा ल्याउन यस्ता उदाहरण प्रस्तुत गर्न सजिलो माध्यम हुने उल्लेख गर्दे विद्यार्थी मार्फत अभिभावलाई संरक्षणमा अभिप्रेरित गर्न सकिने पत्रकार सिग्देललको भनाई छ।

लियोनार्डोले बर्दियाको विद्यालयमा रोपेको राजवृक्ष सामान्य विषय नभएर गम्भीर रुपमा सोच्न पर्ने विद्यालय व्यवस्थापनलाई उनले सुझाव दिन्छन्।

लियोनार्दोसँगै आएका फोटो पत्रकारले कैद गरेका कारण विश्वमा बर्दिया निकुञ्ज बाघ पर्यटन रहेको चर्चा देश विदेशका चुलिएको छ।

निकुञ्जमा एउटा वा दुईवटा बाघको फोटो कैद भएपनि लियोनर्डोले समूहमा बाघको तस्बिर कैद गरेर सार्वजनिक गरेका थिए। हलिउडका स्टार लियानार्दोले रोपेको बिरुवाको बारेमा छात्र तथा छात्रा अनभिज्ञ रहेको प्रश्नको जवाफमा नाम नखोल्ने सर्तमा एक शिक्षकले भने संरक्षणको काम विद्यालयले व्यवस्थापन तर्फको रहेको ईगित गरे।

प्रकाशित: २० भाद्र २०८१ २०:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App