३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादीले सोमबार सदन चल्न दिने

नेकपा (माओवादी केन्द्र)ले सदन चल्न दिने भएको छ । सोमबार मध्यरातिदेखि चालु अधिवेशन अन्त्य हुने भएपछि अन्तिम दिनको बैठकमा माओवादी केन्द्र लचिलो बनेको हो । नेकपा (एमाले) सचिव योगेश भट्टराईले जनयुद्धलाई हिंसाको संज्ञा दिएपछि उत्पन्न विवादमा माओवादीले सदन चल्न नदिनेसम्मको निर्णय गरेको थियो । सभामुख देवराज घिमिरेले समेत हिंसा शब्द असंसदीय नभएको भन्दै संसदीय रेकर्डबाट हटाउन नपर्ने निष्कर्ष सुनाएका थिए ।  

सभामुख देवराज घिमिरेले सोमबार बोलाउनु भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले हिंसा शब्द हटाउनु पर्छ भन्ने पक्षमा पार्टीको अडान कायम रहेको बताए । उनले भनेका छन्, हामी हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा छौं । तर प्रधानमन्त्री विदेश जाने विषयमा सदनमा बोल्न बाधा गर्दैनौं । सभामुखको विरोधमा हामी छैनौं । हामी आफ्ना कुरा राखेर अवरोध हटाउँछौं ।  

योसँगै संसदको गतिरोध अन्त्य भएको छ ।  प्रतिनिधि सभाको बैठक अहिले एक बजेपछि बस्दैछ । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची छ । 

प्रकाशित: ३१ भाद्र २०८१ १२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App