३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

ओमानविरुद्ध नेपालको ५ विकेट झर्यो,कप्तान रोहित पनि आउट भए

विश्वकप लिग टु अन्तर्गत ओमान विरुद्धको एकदिवसीय खेलमा  नेपालले ५ विकेट गुमाएको  छ । 

कप्तान रोहित पौडेलले ७२ बलमा  ४ छक्का र २ चौक्कासंगै ६० रन पुरा गरे ।

४२ ओभरमा नेपालले ५ विकेटको नोक्सानीमा १४५ रन बनाएको छ। अघिल्ला तीन विकेट सस्तैमा गुमाएपनि ओमानविरुद्ध नेपालका कप्तान रोहित पौडेल र आरिफ शेखले नेपालको इनिङ सम्हालिरहेका हुन । 

आरिफ शेखले ८८ बलको सामना गरी ३५ रन बनाए । सुरुवाती व्याटर अर्जुन साउद  ५ रनमा आउट भए ।

भीम सार्कीे  र आसिफ शेख समान ११ रनमा आउट भए ।यस अघि नेपाल घरेलु टोली क्यानडासंग पराजित भएको थियो । 

प्रकाशित: २ आश्विन २०८१ २३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App