३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

ओमानविरुद्ध नेपालले २२० रन बनायो

विश्वकप लिग टु अन्तर्गत ओमान विरुद्धको एकदिवसीय खेलमा  नेपालले २२० रन बनाएको छ । 

नेपालले निर्धारीत ५० ओभरको खेलमा  ९ विकेट क्षतीमा २२० रन बनाएको हो ।

यस अघि नेपालविरुद्ध ओमानले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिला व्याटिङको निम्तो दिएको हो ।

कप्तान रोहित पौडेलले ७२ बलमा  ४ छक्का र २ चौक्कासंगै ६० रन पुरा गरे ।  गुल्सन झाले ३५ बलमा ५ छक्का र ३ चौक्कासंगै ५३ रन बनाए  ।

अघिल्ला तीन विकेट सस्तैमा गुमाएपनि ओमानविरुद्ध नेपालका कप्तान रोहित पौडेल र आरिफ शेखले नेपालको इनिङ सम्हालिरहेका हुन ।

आरिफ शेखले ८८ बलको सामना गरी ३५ रन बनाए । सुरुवाती व्याटर अर्जुन साउद  ५ रनमा आउट भए ।

भीम सार्कीे  र आसिफ शेख समान ११ रनमा आउट भए ।सन्दीप लामिछाने ११ रन बनाएर नट आउट रहे । त्यैगरी सोमपाल कामी  २० रन बनाएर  आउट भए । 

यस अघि नेपाल घरेलु टोली क्यानडासंग पराजित भएको थियो । 

प्रकाशित: ३ आश्विन २०८१ ००:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App