३१ भाद्र २०८१ सोमबार
image/svg+xml
शिक्षा

आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार जुम्लामा हुने यस ऐतिहासिक कार्यक्रमको उद्घाटन गर्नेछन्।

प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे जुम्ला आइपुग्ने कार्यक्रम रहेको छ। कार्याक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेल पनि सहभागी हुनेछन्।  

यस प्रतिष्ठानको स्थापना भएको १३ वर्षपछि पहिलोपटक दीक्षान्त समारोह आयोजना हुन लागेको हो।

समारोहमा जनस्वास्थ्य, नर्सिङ, र चिकित्साशास्त्र विषयमा स्नातक तथा स्नातकोत्तर तहका ५६ जना विद्यार्थीहरूलाई दीक्षित गरिनेछ।

बीपीएचका दुई ब्याचका ३८ विद्यार्थी, बीएमएसका १३ विद्यार्थी, र एमडीजीपी, एमडी एनेस्थेसिया, एमडी पेडियाट्रिक्स विषयका ५ विद्यार्थी दीक्षित हुनेछन्।

प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहसँगै प्रतिष्ठानको शैक्षिक भवन र तिलगंगा आँखा अस्पतालको सहयोगमा सञ्चालन हुन लागेको आँखा केन्द्रको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: २२ भाद्र २०८१ २२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App