३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

उदयपुरका चौधरीलाई ‘दोस्रो राष्ट्रिय बडी विल्डर’ उपाधि

दोस्रो मिस्टर बडीविल्डर चौधरी। तस्बिरः महेश्वर

उदयपुरका शारीरिक सुसंगठक दिलिप चौधरीले ‘दोस्रो राष्ट्रिय वडीविल्डर’ उपाधि पाएका छन्। काठमाडौँमा भदौ २८ र २९ गते सम्पन्न ‘प्रथम पुरुष मास्टर बडीविल्डिङ प्रतियोगिता ०८१’ मा चौधरी दोस्रो हुन सफल भएका हुन्।

काठमाडौँ बडीविल्डिङ एण्ड फिटनेस एसोसिएसन (केबिबिएफए)‘द्वारा आयोजित राष्ट्रिय प्रतियोगितामा ६५ किलोग्राम तौल समूहबाट भाग लिँदै चौधरीले दोस्रो स्थान पाएका हुन्। त्रियुगा नगरपालिका १२ सुम्निमा चोकका स्थायी बासिन्दा चौधरी विगत डेढ दशकयता शारीरिक सुसंगठन क्षेत्रमा अभ्यासरत छन्।

यसअघि प्रथम र दोस्रो उदयपुर शारीरिक सुसंगठन प्रतियोगिता, प्रथम सगरमाथा शारीरिक सुसंगठन हुँदै पूर्वाञ्चल क्षेत्र स्तरीय प्रतियोगितामा पनि सहभागी भएर ‘टप फाईभ’भित्र आफूलाई उभ्याउन उनी सफल भइसकेका छन्। गत वर्ष धरानमा आयोजित १ नं. प्रदेशस्तरीय प्रतियोगिता विजेता बनेका चौधरीको राष्ट्रिय प्रतिस्पर्धामा भने यो पहिलो सहभागिता हो।

चौधरी पहिलो चरणकै सहभागितामा दोस्रो स्थान हासिल गर्न सफल हुने भाग्यमानी खेलाडी भएको भन्दै गृह जिल्लामा उनको प्रशंसा भइरहेको छ। गत वर्ष प्रदेशस्तरीय प्रतियोगिता जितेका उनलाई त्रियुगा नगरपालिकाले सम्मान गरेको थियो। 

प्रकाशित: ३० भाद्र २०८१ १७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App