३१ भाद्र २०८१ सोमबार
image/svg+xml
खेल

यी हुन् नेपाल प्रिमियर लिगका ‘फ्रेन्चाइज टिम’ मालिकहरू

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि फ्रेन्चाइज टिमहरूको स्वामित्व लिने आठ  कम्पनीको नाम सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सबैभन्दा ठूलो बोली टिम पोखराका लागि लागेको छ। नेपाल टी–२० प्रालिले टिम पोखरा ३ करोड ५७ लाख रुपैयाँमा खरिद गरेको हो।

काठमाडौंको फ्रेन्चाइज कान्तिपुर पब्लिकेशनले ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा पाएको छ भने टिम चितवनलाई चितवन मेडिकल प्रालिले १ करोड ७६ लाख १ हजार रुपैयाँमा लिएको छ।

टिम लुम्बिनीलाई फर्चुना हेल्थकेयर प्रालिले १ करोड ८६ लाख ४ रुपैयाँमा आफ्नो स्वामित्वमा लिएको छ।

यसैगरी टिम जनकपुरलाई ड्रिम स्पोर्ट्स प्रालिले २ करोड ५ लाख रुपैयाँमा पाएको छ भने टिम विराटनगरलाई एमएडी ड्रिम्स स्पोर्ट्सले १ करोड ५१ लाख रुपैयाँमा फ्रेन्चाइज लिएको छ।

टिम कर्णालीलाई हिमालयन बिल्डर्सले १ करोड ११ लाख रुपैयाँमा र टिम सुदूरपश्चिमलाई इम्पायर स्पोर्ट्सले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा खरिद गरेका छन्।

टेन्डर प्रक्रियामा सहभागी भएका टोलीमध्येबाट टोलीको स्वामित्वका लागि बोली लगाइएको थियो। क्यानले फ्रेन्चाइज टिमहरूको बिक्रीसँगै लिगको तयारीलाई तीव्रता दिएको छ। एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।

प्रकाशित: २० भाद्र २०८१ १८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App