३१ भाद्र २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सुनिता र बुचलाई लैजाने अन्तरिक्ष यान पृथ्वीमा फर्कियो

अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षमा लैजाने बोइङको अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको छ।

अन्तरिक्ष यात्रा गरेका बुच विल्मोर र सुनिता विलियम्स भने अझै अन्तरिक्षमै छन्। उनीहरु अर्को वर्षसम्म पृथ्वीमा फर्कने बीबीसी समाचारमा उल्लेख छ। दुवै अहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका जनाइएको छ।

परिक्रमा प्रयोगशालाबाट अनडक गरेपछि, खाली अन्तरिक्ष यान स्वायत्त मोडमा चलिरहेको थियो। अन्तरिक्षयानको क्याप्सुलमा प्राविधिक गडबडी भएपछि अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीमा ल्याउन खतरनाक मानिएको थियो।

अब दुवै अन्तरिक्ष यात्रीलाई स्पेसएक्सको स्पेसक्राफ्ट क्रु ड्र्यागनमार्फत अर्को वर्ष फेब्रुअरीसम्म पृथ्वीमा ल्याइनेछ।

स्टारलाइनरले पृथ्वीमा फर्किन ६ घण्टाको यात्रा गर्नुपरेको थियो। पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि यस अन्तरिक्ष यानको गति कम गर्न पनि प्यारासुटको प्रयोग गरिएको थियो।-एजेन्सी

प्रकाशित: २२ भाद्र २०८१ ११:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App