३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

निजी कारबाट गाँजा बरामद, २ जना पक्राउ

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१५ बाट सोमबार एउटा कारबाट लागुऔषध गाँजा प्रहरीले बारमद गरेको छ ।  

विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट ४३ किलो गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । 

उनका अनुसार भारततर्फ जाँदै गरेको बा ८ च ७८८० नम्बरको कारबाट सुरक्षा जाँच गर्ने क्रममा पछाडिको सिटमा लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध गाँजा फेला परेको थियो ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले कारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा फेला परेको हो ।  

कारबाट गाँजा बरामद भएपछि चालक विराटनगर–१५ का ३२ वर्षीय गणेश चौधरी र कारमा सवार विराटनगर–१३ का २२ वर्षीय राजेश परियारलाई पक्राउ गरिएको डिएसपी बस्नेतले बताए ।  

उनका अनुसार कार र गाँजासहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित: ३१ भाद्र २०८१ १८:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App