३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

विश्वकप लिग टु : ओमानसंग नेपाल पराजित

गुल्सन झाको अलराउण्डर प्रदर्शनको बावजुत पनि  विश्वकप लिग टु अन्तर्गत ओमान विरुद्धको एकदिवसीय खेलमा  नेपाल पराजित हुन पुगेको छ ।

यस अघि पहिलो व्याटिङ गर्दै नेपालले निर्धारीत ५० ओभरको खेलमा  ९ विकेट क्षतीमा २२० रन बनाएको थियो ।

जवाफमा ओमानले ४९.५ ओभरमा ९  विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको हो । 

नेपाल एक विकेटको झिनो अन्तरबाट हार्न पुगेको हो । नेपाललाई अन्तिम ओभरमा जितका लागि  १ विकेट चाहिएको थियो भने ओमानलाई ८ रन चाहिएको थियो ।  

यो जित पछि ओमानले ५ खेलबाट ५ अंक पाएको छ भने नेपालको ६ खेलबाट २ अंकमात्र रहेको छ ।गुल्सन झाले ५ मत्वपूर्ण विकेट लिए पनि नेपालले खेल आफ्नो पक्षमा पार्न सकेन । त्यसैगरी करण केसीले २ तथा सन्दीप लामिछाने र आरिफ शेख एक एक विकेट लिए ।यस अघि नेपालविरुद्ध ओमानले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिला व्यानटिङको निम्तो दिएको हो ।

कप्तान रोहित पौडेलले ७२ बलमा  ४ छक्का र २ चौक्कासंगै ६० रन पुरा गरे ।  गुल्सन झाले ३५ बलमा ५ छक्का र ३ चौक्कासंगै ५३ रन बनाए  । गुल्सनले अन्तिम ४७ ओभरमा २ छक्का र  २ चौक्कासंगै एउटै ओभरमा २३ रन बनाए हुन । 

अघिल्ला तीन विकेट सस्तैमा गुमाएपनि ओमानविरुद्ध नेपालका कप्तान रोहित पौडेल र आरिफ शेखले नेपालको इनिङ सम्हालिरहेका हुन ।

आरिफ शेखले ८८ बलको सामना गरी ३५ रन बनाए । सुरुवाती व्याटर अर्जुन साउद  ५ रनमा आउट भए ।

भीम सार्कीे  र आसिफ शेख समान ११ रनमा आउट भए ।सन्दीप लामिछाने ११ रन बनाएर नट आउट रहे । त्यैगरी सोमपाल कामी  २० रन बनाएर  आउट भए । यस अघि नेपाल घरेलु टोली क्यानडासंग पराजित भएको थियो ।  

प्रकाशित: ३ आश्विन २०८१ ०४:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App