१४ कार्तिक २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले गरे निधि राजदानसँग विवाह

जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पूर्वपत्रकार निधि राजदानसँग विवाह गरेका छन्। उमरले शनिबार सामाजिक सञ्जालमा निधिसँगका दुई तस्बिर सार्वजनिक गर्दै ‘हिजो नयाँ सुरुवात भयो, निधि’ लेखेका छन्। पोस्टमा उनले औँठीको इमोजीसमेत राखेका छन्।

निधिले पनि सामाजिक सञ्जालमा औँठीको इमोजीसहित ‘इट्स डन ब्रो’ लेखेकी छन्। दुवैको पोस्टपछि उनीहरूको विवाह र इन्गेजमेन्टबारे चर्चा सुरु भएको छ।

उमरले यसै वर्ष जुलाई ३१ मा पहिलो पत्नी पायलसँग सम्बन्धविच्छेद गरेका थिए। ३२ वर्षअघि विवाह गरेका उनीहरू सन् २०११ देखि छुट्टाछुट्टै बस्दै आएका थिए। भारतको सर्वोच्च अदालतले जुलाई ३१ मा उनीहरूको सम्बन्धविच्छेदलाई अनुमति दिएको थियो।

प्रकाशित: १४ कार्तिक २०८३ २१:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App