३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

फेसबुकले माफी मागेर फिर्ता गर्‍यो बालेनको स्ट्याटस

काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले एमालेकी प्रदेश सांसदलाई लक्षित गरेर लेखेको फेसबुक पोस्ट हाल फिर्ता गरिएको छ।

घरेलु बालश्रम सम्बन्धी सो पोस्ट फेसबुकले तीन दिनअघि कम्युनिटी स्ट्यान्डर्ड उल्लंघनको आधारमा हटाएको थियो। फेसबुकका अनुसार उक्त पोस्ट हटाउनुका कारण ह्यारेसमेन्ट र बुलिइङका आरोपहरू थिए। तर हाल उक्त पाेस्ट माफी माग्दै फेसबुकले फिर्ता गरेको छ।

साहले आफ्नो पोस्ट हटाइएकोमा असन्तोष प्रकट गर्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोश व्यक्त गरेका थिए। यस घटनापछि, साहका समर्थकहरूले ओलीको फेसबुक पेजमा अनफलो अभियान सञ्चालन गरे।

यस बारेमा ओली र साह दुवैले औपचारिक टिप्पणी गरेका छैनन्। तर फेसबुकमा यस विषयमा आरोप र प्रत्यारोपका चक्र चलिरहेका छन्।

प्रकाशित: २१ भाद्र २०८१ १७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App