३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिटी एक्सप्रेसको '१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा' उपहार योजना सार्वजनिक

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैंतिहार, छठजस्ता नेपालीहरुको चाडपर्वलाई लक्षित गरी '१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा' उपहार योजना घोषणा गरेको छ ।  

आफ्नो स्थापनाको १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा मनी ट्रान्सफरले लगातार ९० दिनसम्मका लागि उक्त योजना ल्याएको हो ।  

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत् हरेक महिना २ जनालाई सामसुङको स्मार्ट  फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभीसाथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही ५ सयको वालेट टप्अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने सिटी एक्सप्रेसले जनाएको छ ।  

 कम्पनीका अनुसार यस '१८औं वर्षमा १८ गुणा , परिवार माखुशी लाखौ गुणौें' अफर असोज १ देखि मङ्सिर ३० गतेसम्म लागू हुनेछ । यो अवधि भरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने कम्पनीको भनाइ छ ।  

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १८वर्षदेखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।

प्रकाशित: ३१ भाद्र २०८१ १८:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App