२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

सौर्यले गुमायो व्यवस्थापन टिमका चार उच्च अधिकारी

सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा सो एयरलाइन्स व्यवस्थापन समूहका चार उच्च अधिकारीहरूले ज्यान गुमाएका छन्।

बुधवार अन्तर्राष्ट्रिय विमानस्थल स्थित बुद्ध एयरको ह्याङ्गर पछाडिको खाली भागमा सौर्य एयरको ९–एनए एमई विमान दुर्घटना भएको थियाे। उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। क्याप्टेन मनिषरत्न शाक्य घाइते छन्। उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको यात्रुको सूची अनुसार सौर्य एयरलाइन्सका सेफ्टी प्रमुख सागर आचार्य, सीएएमओ म्यानेजर अश्विनकुमार निरौला, मर्मत म्यानेजर यज्ञप्रसाद पौडेल, क्यूए प्रमुख दिलीप बर्मा‍ विमानमा सवार थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ जहाज दाहिनेतिर मोडिएर दुर्घटनाग्रस्त भएको प्राधिकरणले विज्ञप्तिमा उल्लेख गरेको छ। जहाज रनवेबाट उड्नेबित्तिकै पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त भएको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ।

दुर्घटनामा एकै परिवारका तीन जनाको समेत मृत्यु भएको छ। मनुराज शर्मा, प्रिजा खतिवडा र उनीहरूका छोरा अधिराज शर्मा सबै दुर्घटनामा परेका हुन्।

मनुराज र प्रिजा श्रीमान्-श्रीमती हुन् भने अधिराज उनीहरूको छोरा। सौर्य एयरलाइन्सका अनुसार उनीहरू सबै एयरलाइन्सका कर्मचारी थिए। पारिवारिक विवरण अनुसार, प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत थिइन् भने अधिराज नाबालक थिए।

प्रकाशित: ९ श्रावण २०८१ १४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App