२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले लिए घाइते क्याप्टेनको स्वास्थ्यावस्थाबारे जानकारी

तस्बिर: प्रधानमन्त्रीको सचिवालयबाट

प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स दुर्घटनामा परी गम्भीर घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्।

प्रधानमन्त्री ओलीले आज साँझ सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज पुगेर घाइते क्याप्टेनको स्वास्थ्यावस्थाबारेमा बारेमा जानकारी लिएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो क्रममा प्रधानमन्त्री ओलीले उनको उपचारमा संलग्न चिकित्सक र परिवारजनसँग समेत कुराकानी गरेका थिए।

सौर्य एयरलाइन्स आज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन मनिषरत्न शाक्य घाइते भएका थिए।

प्रकाशित: ९ श्रावण २०८१ २०:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App