दोलखामा पनि १० दिन निषेधाज्ञा
कोरोना भाइरसको संक्रमण तीव्रभएसँगै दोलखामा स्थानीय प्रशासनले १० दिने निषेधाज्ञा जारी गरेको छ। संक्रमण बढेको भन्दै बुधबार सम्पन्न जिल्ला कोभिड व्यवस्थापन केन्द्र ९डिसिएमसी० को निर्णय लगत्तै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जिल्ला भर १० दिने निषेधाज्ञा जारी गरेका हुन् ।
