१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

दोलखा भीमसेनको शिलामा फेरि आयो 'पसिना'

प्रसिद्ध भीमेश्वरको शिलामा बुधबार मध्याह्नदेखि पुन पसिना आएको छ। बुधबार दिउँसो १२: ४५ देखि शिलाको दायाँ भागबाट निरन्तर पसिना बगिरहेको हो।

दिउँसो १२: ४५ मा पुजारी काशीनारायण श्रेष्ठले शिला एक्कासि कालो र चम्किलो भए सँगै तप तप पसिना बग्न थालेको देखेपछि गुठियार र पूजा व्यवस्थापन समितिका पदाधिकारीलाई खबर गरेका थिए।

सिलामा पसिना आउनु अनिष्टको सूचकका रुपमा मानिन्छ।

यस अघि शनिवार समेत मन्दिरमा पसिना आएको थियो। त्यस भन्दा अगाडि पछिल्लो बर्ष २०७८ बैशाखमा मन्दिरमा पसिना आएको स्थानीय पूर्ण नारायण श्रेष्ठले बताए।

त्यस यता तिन बर्ष पछि सिलामा पसिना श्रेष्ठले सुनाए। सिलामा पसिना आउँदा राष्ट्र प्रमुखबाट क्षमा पुजा गर्ने प्रचलन छ।

प्रकाशित: ९ श्रावण २०८१ १४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App