२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नर्सिङ कलेजको साढे ५ तलाबाट हाम फालेकी छात्राको मृत्यु

सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट बिहिवार साँझ हाम फालेकी छात्राको मृत्यु भएको छ।

भवनको साढे पाँच तलाबाट बिहिवार साँझ हाम फालेर गम्भीर घाईते बनेकी करुणा अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो।

घाइते भएकी अधिकारीलाई उपचारका लागि काठमाडौं पुयाईएको थियो। उपचारको क्रममा भक्तपुरस्थित मध्यपुर अस्पतालमा राति १२ः३० बजे उनको निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाका ईन्सपेक्टर जीवन श्रेष्ठले जानकारी दिए।

पोखराकी घर भएकी अधिकारी कलेजमा पिसिएल नर्सिङको पहिलो वर्षमा अध्ययनरत थिईन्।

प्रारम्भिक अनुसन्धानको क्रममा छात्रा अधिकारी डिप्रेसनको बिरामी रहेको देखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ चैत्र २०८० ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App