लकडाउन खुकुलो भएसँगै भित्रिएका तराईका जिल्लाका कामदारमार्फत कर्णालीमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ। पछिल्लो एक सातायता कामका लागि कर्णाली भित्रिएका पर्सा, धनुषा, रौतहट, बाँकेलगायतबाट कामका लागि कर्णालीमा आएका १३ जनामा कारोना संक्रमण देखिएको हो।
कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु
प्रदेश सरकार र स्थानीय तहले आइसोलेसन बेड प्रबन्ध गर्न नसक्दा विराटनगरका एक जना कोरोना संक्रमितको घरमै मृत्यु भएको छ ।
रौतहटमा जघन्य अपराधका घटना बढ्दै
पछिल्लो समय रौतहटमा जघन्य अपराधका घटना बढ्दै गएपछि जिल्लावासी त्रसित भएका छन्। एक हप्ता नबित्दै दुई जनाको हत्या भएपछि रौतहटमा त्रास बढेको स्थानीयको भनाइ छ।
गाउँमा रित्तिँदै क्वारेन्टिन, सहरमा बढ्यो त्रास
कोरोना संक्रमणले तीव्र गति लिन थाल्दा तराईका क्वारेन्टिन भरिभराउ थिए। नाकाबाट आउजाउ सहज भएपछि पहाडमा पनि भारतबाट आउने युवाहरूको संख्या थपिँदा क्वारेन्टिन खचाखच भए।
पहाडमा देखियो कालाजार, एउटै वडाका पाँचजना बिरामी
गत वैशाखमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका एक ५० वर्षीय पुरुषलाई ज्वरो आउने, खाना खान मन नलाग्ने, छाला कालो हुने, कमजोरी हुनेलगायत समस्या देखियो। लक्षणका आधारमा उनले विभिन्न औषधि उपचार गरे।
कोरोनाको उच्च जोखिममा सडक सफाइ कर्मचारी
वीरेन्द्रनगर–१० पिपिराका ३४ वर्षीय बलबहादुर खत्रीले वीरेन्द्रनगरको चार लेन सडक सफाइ गर्दै आएका छन् । उनको मुखमा पुरानो माक्स छ । हातमा पन्जा छैन । सडक छेउ तथा नालामा गुट्का खाएर यत्रतत्र फालिएका फोहोर र माक्स छन् ।
निषेधाज्ञा सहरी क्षेत्र केन्द्रित
कोरोना भाइरसको संक्रमण देखिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाको आंशिक क्षेत्रमा मात्र निषेधाज्ञा लगाएको छ। १२ वटा वडा रहेको उक्त नगरपालिकाभित्र २ देखि ९ नम्बरसम्मका वडामा मात्रै निषेधाज्ञा लगाइएको छ।
आज हरितालिका तीज
विश्वभर छरिएर रहेका नेपाली हिन्दू महिलाले मनाउने महत्वपूर्ण पर्व हरितालिका तीज शुक्रबार मनाइँदै छ । हिन्दू पात्रोअनुसार प्रत्येक संवत्सरको भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गरिन्छ ।
निषेधाज्ञा उल्लंघन गर्नेलाई दिनभर उभ्याएर छाडियो
काठमाडौं उपत्यकामा बुधबार रातिदेखि एकसातासम्म लागु भएको निषेधाज्ञापछि सडक र जनजीवन सुनसान छ। कोरोना महामारी फैलिएपछि प्रशासनको आदेशले प्रहरीले उपत्यकाभित्र कडाइ गरेको हो।
जथाभावी खनेको सडकले बगायो गाउँ
प्राविधिकले अध्ययन नगरी डोजर चालकको डिजाइनमा निर्माण गरिएको सडकले गाउँ विस्थापित बनाएको पीडितले बताएका छन्।
निषेधाज्ञाको पहिलो दिन, सरकारले निर्देशन दिएर बितायो
कोरोना संक्रमण बढ्दै गएपछि ४३ जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरेको सरकारले आइसोलेसन बेडको व्यवस्था गर्न निर्देशन दिएको छ। सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत सबै जिल्लामा आइसोलेसन बेड तयारी गर्न, क्वारेन्टाइन बनाउन, निषेधाज्ञा प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो।
संक्रमितको उपचार व्यवस्थापन गर्न निषेधाज्ञा
उपत्यकामै दैनिक २ सय हाराहारी संक्रमित देखिन थालेपछि मंगलबार बसेको कोभिड १९ संकट व्यवस्थापन समितिले स्थानीय प्रशासनमार्फत लागु हुनेगरी उपत्यकामा निषेधाज्ञा गर्ने निर्णय लिएको हो।
प्रदेश २ मा थपिए १ सय ८० संक्रमित, एकको मृत्यु
प्रदेश २ मा बिहिबार १ सय ८० जना नयाँ संक्रमित थपिएका छन् । यससँगै यस प्रदेशमा संक्रमितको संख्या ८ हजार ६३ पुगेको छ ।
निषेधाज्ञा तोड्ने पाँंच सय बढी कारबाहीमा
निषेधाज्ञा तोड्ने पाँंच सय ३७ जनालाई भक्तपुर प्रहरीले कारबाही गरेको छ। निषेधाज्ञा जारी गरेको पहिलो दिन यहाँं एक सय ८४ वटा सवारी साधनलाई पनि सडकका ठाउँंठाउँंबाट कारबाही गरेको हो।
पाल्पामा भदौ १२ गतेसम्म निषेधाज्ञा जारी
समाचारको सारांशकोभिड संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न पाल्पामा निषेधाज्ञा जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले यही भदौ ५ गते १२ बजे रातिदेखि भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिए।
गेरुवा नदीमा बेपत्ता
बर्दियाको गेरुवा गाउँपालिका–४ गोविन्दपुरका एक व्यक्ति गेरुवा नदीमा बेपत्ता भएका छन्।
४९ एसपी सरुवा (सूचीसहित)
प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गरी प्रहरी महानिरीक्षकको निर्णयानुसार एसपीहरूको सरुवा गरिएको जानकारी दिएको हो ।
उपचारका लागि भौतारिँदै गयो ज्यान
अस्पतालले भर्ना लिदिएको भए योगेन्द्र र रामकुमारी छोरा प्रमोदका साथ सवैलास्थित आफ्नो घरमा हाँसिखुसी बसेका हुन्थे।
जघन्य अपराधका घटना बढेपछि रौतहटबासी त्रसित
रौतहटमा जघन्य अपराधिक घटनामा वृद्धि भएपछि जिल्लाबासी त्रसित देखिएका छन्। एक हप्ता नबित्दै दुई जनाको हत्या भएपछि रौतहटमा त्रासको वातावरण देखिएको हो।
हरितालिका तीजको अवसरमा बिपन्न महिलालाई खाद्यान्न
हिन्दु महिलाहरुको महान चाड हरितालिक तीजको अवसरमा कांग्रेसको भातृ संगठन नेबिसंघ र तरुण दलले बिपन्न महिलाहरुलाई खाद्यान्न बाँडेको छ।
समुदायमा फैलिँदै कोरोना
लकडाउन खुकुलो भएसँगै भित्रिएका तराईका जिल्लाका कामदारमार्फत कर्णालीमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ। पछिल्लो एक सातायता कामका लागि कर्णाली भित्रिएका पर्सा, धनुषा, रौतहट, बाँकेलगायतबाट कामका लागि कर्णालीमा आएका १३ जनामा कारोना संक्रमण देखिएको हो।
सिंगो चार गाउँ विरुद्ध अंश मुद्दा ***
देउखुरी गोवरडिहाका राजु चौधरीलाई २०७४ चैतमा जिल्ला अदालतबाट पत्र आयो। पत्रमा उल्लेखित विषयले राजु झस्किए।
कोरोनाबाट थप ६ को मृत्यु, मृत्यु हुनेको संख्या १२६ पुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण थप ६ को मृत्यु भएको छ।
उपत्यकामा पानीको उत्पादन बढेसँगै वितरण बढ्यो
काठमाडौँ उपत्यकामा पानीको उत्पादन बढेसँगै यसको वितरण बढाइएको छ। सुख्खा मौसममा उपत्यकामा दैनिक नौ करोड लिटर पानी उत्पादन हुन्छ।
कोरोनाको उच्च जोखिममा सडक सफाइ कर्मचारी
माथि उल्लेखित तस्बिरमा वीरेन्द्रनगर–१० पीपीराका ३४ वर्षीय बलबहादुर खत्री वीरेन्द्रनगरको सडक सफाइ गर्दै छन्।