हिन्दु महिलाहरुको महान चाड हरितालिक तीजको अवसरमा कांग्रेसको भातृ संगठन नेबिसंघ र तरुण दलले बिपन्न महिलाहरुलाई खाद्यान्न बाँडेको छ। नेपाल विदयार्थी संघ क्षेत्र नं १ कपिलवस्तु र नेपाल तरुणदल जिल्ला कार्य समिति कपिलवस्तुले बाणगंगा नगरपालिका–१० पटनाका १५ बिपन्न महिलाहरुलाई खाद्यान्न बाँडेको हो।
अति बिपन्न, दुःखी तथा एकल महिलाहरुको परिवारलाई तीजको अवसर पार्दै राहत स्वरुप २५ किलोका दरले एकएक बोरा चामल, दाल, नुन, तेल लगाएतका खाद्य सामग्री प्रदान गरिएको हो। तरुण दलका जिल्ला सभापति शक्ति सिह ठकुरी, नेपाल विद्यार्थी संघका क्षेत्रका सभापति चन्द्रकान्त न्यौपाने लगातयको टोलीले बिपन्न महिलाहरुलाई सो सामग्री हस्तान्तरण गरेका थिए।
सभापति ठकुरीले कोरोन भाइरसका कारण जिल्लामा लामो समयदेखि जारी लकडाउनले समस्यामा परेका बिपन्न महिलाहरुलाई समेत तीज मनाउनका लागि सो सामग्री दिइएको बताए। क्षेत्रीय सभापति पोख्रेलले आफूहरुले खाजा खर्च कटाएर अति बिपन्न, दुःखी तथा एकल महिलाहरुको चाड पर्वका बेला चुलो बलोस् भन्ने उद्देश्यले राहत प्रदान गरिएको बताए।
लकडाउन अवधि भर ती दुई संगठनले बिपन्न परिवारलाई खाद्य सामग्री तथा लत्ता कपडाहरु बाँड्दै आएको छ।
प्रकाशित: ४ भाद्र २०७७ ११:५६ बिहीबार





