२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

निषेधाज्ञा तोड्ने पाँंच सय बढी कारबाहीमा

निषेधाज्ञा तोड्ने पाँंच सय ३७ जनालाई भक्तपुर प्रहरीले कारबाही गरेको छ। निषेधाज्ञा जारी गरेको पहिलो दिन यहाँं एक सय ८४ वटा सवारी साधनलाई पनि सडकका ठाउँंठाउँंबाट कारबाही गरेको हो।

जिल्लाभित्र बिभिन्न ठाउँमा अनावश्यक रुपमा हिँड्डुल गरी निषेधाज्ञा उल्लंघन गरेका चार सय ३७ जना पुरुष र एक सय महिलालाई कारबाही गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। त्यस्तै २३ वटा चारपाङ्गे र एक सय ६१ वटा मोटरसाइकललाई कारबाही गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत डिएसपी दिपक गिरीले बताए।

एकदिन अगाडिदेखि सूचना जारी गर्दा पनि अनावश्यक रुपमा बाहिर हिँड्डुल गरी निषेधाज्ञा उल्लंघन गर्नेलाई सडकपेटीमा होल्डिङ सेन्टर बनाई कम्तीमा २ घण्टा उभाई राखेको थियो। सवारी साधनलाई नियन्त्रणमा लिएको ठाउँमा नै होल्ड गरी साँझ मात्र पठाएको डिएसपी गिरीले बताए। 

शुक्रबारबाट भने निषेधाज्ञा उल्लंघन गर्नेलाई सरुवा रोग संक्रमण ऐन २०२० अनुसार कारबाही गरिने पनि उनले स्पष्ट पारे।

प्रकाशित: ४ भाद्र २०७७ १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App