१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

लोसपा अध्यक्ष ठाकुरद्वारा राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता

राष्ट्रियसभा सदस्य पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मनोनयन दर्ता गराएका छन् । ८२ वर्षीय उनले बिहीबार जनकपुरधामस्थित मधेस प्रदेशको राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।  

अध्यक्ष ठाकुरको प्रस्तावकमा सोही पार्टीका प्रदेश सदस्य जयनुल राइन र प्रस्तावकमा प्रदेशकी शिक्षामन्त्री रानी शर्मा तिवारी रहेकी छन् ।  

निर्वाचन कार्यालयका निर्वाचन अधिकृत सुभासबाबु पुरीका अनुसार, उक्त पदका लागि मधेसको प्रदेशसभातर्फ १०४ जना र स्थनीय तहतर्फ २६६ मतदाता रहेका छन् ।

ठाकुरको उम्मेदवारी पछि सोही पार्टीका नेता शरतसिंह भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेससँग सहमति गरी सोही आधारमा उम्मेदवारी दिइएको बताए।  

मधेस प्रदेशमा राष्ट्रियसभा सदस्यको चार वटा रिक्त पदका लागि उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रकाशित: २३ पुस २०८२ १७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App