बर्दियाको गेरुवा गाउँपालिका–४ गोविन्दपुरका एक व्यक्ति गेरुवा नदीमा बेपत्ता भएका छन्। नदीमा दाउरा छोप्ने क्रममा आज बिहान ११ः३० बजे गेरुवा गद्दीटोल घाटबाट ४२ वर्षीय अन्तराम चौधरी बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक नवराज केसीले बताए।
चौधरी नदीमा डुबेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोलीले खोजी जारी राखेको प्रहरीले जनाएको छ।
प्रकाशित: ४ भाद्र २०७७ १३:११ बिहीबार





-600x400.jpg)