६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अर्थ

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ९० अर्ब ६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हुँदै गत आवको ६ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा दुई अर्ब ७५ करोड बढी रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको हो । चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थको आयातबाट भने ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलिम पदार्थको आयात र सोबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ । जबकि गत आवको ६ महिनामा भने ८७ अर्ब ३१ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड राजस्व संकलन भएको थियो ।

भन्सार कार्यालयका अनुसार चालु आवको ६ महिनामा ४५ अर्ब ३८ करोड रुपैयाँ पर्ने डिजेल आयात हुँदा १९ अर्ब ८५ करोड राजस्व संकलन भएको छ । त्यसैगरी सोही अवधिमा २० अर्ब ९८ करोड रुपैयाँको पेट्रोल आयात हुँदा १३ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै १४ अर्ब ७९ करोड रुपैयाँको एलपिजी ग्यास आयात हुँदा दुई अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रकाशित: १३ माघ २०८२ २०:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App