७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

प्रदेश सरकार र स्थानीय तहले आइसोलेसन बेड प्रबन्ध गर्न नसक्दा विराटनगरका एक जना कोरोना संक्रमितको घरमै मृत्यु भएको छ ।

विराटनगर ६ सरोचियास्थित ४५ बर्षिय कोरोना संक्रमित पुरुषको घरैमा ज्यान गएको हो । होम आइसोलेसन बसेका संक्रमित उनको बिहीबार राती ८ बजे मृत्यु भएको हो ।  

गत भदौ ३ गते मृतक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगर महानगरपालिका र प्रदेश सरकारले बनाएको आइसोलेसन खाली नभएपछि उनी होम आइसोलेसनमा बसेका थिए ।

दिर्घरोगी समेत रहेका संक्रमित पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको वडा नं. ६ का वडाअध्यक्ष विजय कामतले बताए । घरकै होम आइसोलेसनमा कोरोना संक्रमितको मृत्यु भएको यो प्रदेशकै पहिलो घटना हो ।

कोरोना बिशेष अस्पतालहरुमा आइसोलेसन बेडको अभाव हुँदा विराटनगर महानगरपालिका भित्र ७ सय ४५ जना कोरोना संक्रमितहरु मध्ये ३ सय ४१ जना होम आइसोलेसनमा छन् ।

विराटनगरमा कोरोना संक्रमण कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रकाशित: ५ भाद्र २०७७ ०५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App