२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

सुदनलाई 'बाबु' भन्दै बालेनले भने : तिम्रो भूमिकालाई यो देशले सय वर्षसम्म पनि बिर्सने छैन

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हामी नेपालका संयोजक सुदन गुरुङलाई धन्यवाद ज्ञापन गरेका छन्।

देश बनाउनु पर्छ भनेर सबैले भन्ने गरेको तर बनाउने प्रयास कसले गर्छ भन्ने नै महत्वपूर्ण रहेको बालेनको भनाइ छ। उनले सुदनले गरेको भूमिका निर्वाहलाई यो देशले एक सय वर्षसम्म पनि नबिर्सिने जिकिर गरेका छन‍्।

सुदनसँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै बालेनले भने, 'देश बनाउनु पर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ? त्यो नै महत्वपूर्ण हुन्छ। बाबु सुधन गुरुङज्यूले जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन। लभ यू, ब्रदर।'

रवि लामिछाने र कुलमान घिसिङसँग एकता हुनुमा सुदनले भूमिका खेलेको बालेनको भनाइ छ।

प्रकाशित: १५ पुस २०८२ ०६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App